हृदयघातबाट वडाध्यक्षको निधन

१३ फागुन , संखुवासभा  । खाँदबारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तोयनाथ ढुंगानाकोहृदयाघातबाट निधन भएको छ । खाँदबारीस्थित आफ्नै घरमा बसिरहेका ६५ वर्षीय ढुगानालाई आइतबार बिहान ८ बजे अचानक हृदयाघात भएको हो । हृदयाघातका कारण तत्काल उनको निधन भएको हो । अरुण नदीस्थित मनकामना क्षेत्रमा आइतबार नै उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । ढुंगाना एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Comments

comments

Read More