ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मियो

ओखलढुंगा १३ फागुन

ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै टाउको र अनुहारमा ट्यूमर देखिएको छ । २९ वर्षिय विपनाले अनौठो शिशुलाई जन्माएकी हुन् ।शिशुको टाउकोको दायाँ तर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक र मुख नैदेखिदैन । २ किलो ७ सय ग्राम तौल भएकोशिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आमाको दुध तान्न नसक्ने भएकाले अहिलेशिशुलाई इन्कुवेटरमा राखिएको छ ।अहिलेको अवस्था हेर्दा बच्चालाई आमाको पेटभित्रै ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । उनलाई केही दिन बढ्न दिएर थप परिपक्व भएपछि काठमाडौं रेफर गरिने अस्पतालका चिकित्सक (एमडिजिपी) संजय पोख्रेलले बताउनुभयो ।

डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो या होइन भन्ने थाहा हुन्छ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फतशल्यक्रिया गर्न सकिने पनि पोखरेलले बताउनुभयो ।

Comments

comments

Read More