बिष्णु माझिको नयाँ गीत सार्वजनिक

काठमाण्डौं । प्रियसी म्युजिक प्राली मार्फत “अछुत” भिडियोलाई म्युजिक नेपालले आफनो युट्युब मार्फत सार्वजनिक गरिएको छ । “अछुत” गित लोकभाकामा आधारित जिवनको बास्तविक कथावस्तु र समाजले विभिन्न रुपमा “अछुत” भनेर सम्वोधन गर्ने मानिसको ब्यावहारमा आधारित रहेर तयार परिएको गितका लेखक राजेन्द्र पुरीले बताएका छन ।

जिवन भोगाइमा कतिपय अवस्थामा यस्ता घटनाहरुपनि मानिसले भोग्नुपर्छ कठिन परिस्थीतिमा रहेका गरिविको चपेटामा परेका निमुखा गरिव आमाका छोरा छोरीलाई समाजकै बुझुवाहरुले घृणाका रुपहरु देखाउदा भोगेका पिडा र आफनी मायालु प्राण प्यारीलाई त्याग्नु पर्दाँको पिडालाई गितमा देखाइएको छ ।

गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । गितमा संगित संयोजन सागर विरहीले गरेका छन । चर्चित मोडल आशा खड्का , विपेश घिमिरे र मधु आचार्यको निकै उत्कृष्ट अभिनय रहेको छ ।सागर गौत्तमको छायाँकन तथा अविनास डिसी ले सम्पादन गरेका छन ।

Comments

comments

Read More