खड्गीले प्रतिव्यक्ति १५ लाखसम्म लिएको खुलासा

काठमाण्डौँ,१६फागुन । नेपाली चलचित्रका द्वन्द निर्देशक राजेन्द्र खड्गी अहिले मानव बेचबिखनको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबी को हिरासत कक्षमा छन् । २०१७ अगस्ट ३० मा खड्गी आफूसहित १३ जनाको टोली लिएर दक्षिण कोरिया उडेका थिए ।

खड्गीले भिसाका लागि कोरियन दूतावासलाई कोरियामा कराते सम्बन्धी डकुमेन्ट्री निर्माण गर्ने कारण प्रस्तुत गरेका थिए । उनी त्यहाँ झण्डै १० दिन बसे । अर्थात् २०१७ सेप्टेम्बर ११ मा नेपाल फर्किए । तर, त्यतिबेला खड्गीसँग एकजना दिव्यराज सुवेदीमात्रै फर्किए । कोरियन दूतावासले यो खबर सिआइबीसम्म पुर्याएपछि प्रहरीले अनुसन्धान सुरु गर्दै खड्गीलाई पक्राउ गरेको हो ।

उनले आफ्नो बयानमा ११ जनालाई कोरियामै छाडेर आएको स्वीकार गरेको सिआइबीका एसएसपी तथा प्रवक्ता जीवन श्रेष्ठले बताए खड्गीमाथि अनुसन्धान जारी रहेको बताउँदै श्रेष्ठले उनीविरुद्ध कुनै अन्य उजुरी छ कि छैन भन्नेबारे खुलाउन चाहेनन् । खड्गीले लगेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ । तर उनले कोरिया लैजाँदा प्राविधिक, सहायक प्राविधिक र क्यामेराम्यान भनेर लगेको बताइएको छ ।

Comments

comments

Read More