प्रदेश नम्बर ३ को आज मन्त्री परिषद विस्तार हुने

हेटौंडा, १६ फागुन । आज साँझ ३ नम्बर प्रदेशको मन्त्री परिषद विस्तार हुने पक्का भएको छ । मुख्यमन्त्रीको कार्यालय निकट श्रोतका अनुसार आज ४ जना मन्त्रीहरु नियुक्त हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्त्रीको लिष्ट र नेकपा एमाले प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुरुप आज साँझ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद विस्तार गर्ने बताइएको छ ।

तस्बीर फेसबुक
                                                                                                  तस्बीर फेसबुक

प्रदेश नम्बर ३ को यस अघि ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापित नियुक्त भइसकेका छन् । पछिल्लो समयमा प्राप्त जानकारी अनुसार नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल सामाजिक विकास मन्त्रीमा नियुक्त हुने निश्चित भएको छ ।

त्यस्तै आज हुने मन्त्रीपरिषद बिस्तारमा एमालेबाट चितवनका दावा दोर्जे लामा,अरुण नेपाल रकैलाश ढुंगेलले सपथ ग्रहण गर्ने लगभग निश्चित भएको छ । नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउने लगभग निश्चित छ । एमालेका लामाले भुमी सुधार कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने जनाएको छ । बिचमा कुनै किचलो नआएमा यि चारै जनाले आज साँझ सपथग्रहण गर्ने निस्चित रहेको छ ।

Comments

comments

Read More