तामाङ भाषाको चलचित्र घ्रान (कसम) को दोस्रो गीत `तिङ मी ढुकढुक´ सार्वजनिक

काठमाण्डौ १५ फागुन

तामाङ भाषाको चलचित्र घ्रान (कसम) को दोस्रो गीत `तिङ मी ढुकढुक´ सार्वजनिक भएको छ । मंगलबार काठमाडाैंमा चलचित्र निर्माण पक्षले पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरेका हुन् ।

गीतमा विशाल काल्तान र जितु लोप्चनको स्वर रहेको छ भने संगीत विशालकै र एरेन्जर  चन्दसिंले गरेका हुन् । मोक्तान फिल्मस प्रा.लि.को ब्यानरमा तयार पारिएको चलचित्र जनक गुरुङले निर्देशन गरेका छन् । चलचित्रको कथा लेखन अमृत लामाको रहेको छ । सुकु माया मोक्तान, शुष्मा मोक्तान, सागर घिसिङ, सुनिता थिङ, शम्भु घिसिङ तथा विकास स्याङ्तानको मुख्य अभिनय रहेको यो चलचित्र बुद्ध जयन्तीको अवसर पारेर दर्शकमाझ ल्याउने तयारी भइरहेको नायिका  सुकुमाया मोक्तानले जानकारी गरिन्

भिडियो हेर्नको लागि यो लिंक मा जानुहोला

Comments

comments

Read More