श्रीमती द्वारा आफ्नै श्रीमानको हत्या गर्न सुपारी

वीरगन्ज –श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्नका लागि सुपारी दिएको खुलासा भएको छ । श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार भएको घट्ना अनुसन्धानको क्रममा पत्ता लागेको हो । श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि आफ्नो प्रेमीसंग मिलेर हत्या गराउने तानाबाना बुनेको घट्नाको प्रहरीले बिहीवार खुलासा गरेको हो ।

झण्डै १० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका उमेश चौरसियामाथि बुधबार राति गोली प्रहार भयो । वीरगञ्ज महानगरपालिका १३ का चौरसिया धागोको ब्यापारी हुन् र उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।सुरुमा चौरसियामाथि आपराधिक समूहले गोली हानेको हुनसक्ने आशंका थियो । तर, २४ घण्टावित्न नपाउँदै प्रहरीले जे पत्ता लगायो, त्यो कुनै फिल्मको दृश्य भन्दा कम छैन ।

३ बर्ष अगाडी प्रियांकासंग धुमधामसाँथ बिवाह भएको थियो । चौरासिया विवाहभन्दा ७ बर्ष अगाडिदेखी रोजगारको सिलसिलामा दुबाई बस्दै आएका थिए। चौरासिया विवाहको केही समयपिछ उनी फेरी आफ्नो रोजगारीतिर फर्के। श्रीमतिलाई प्राविधिक शिक्षा दिने भनेर एएनएम पढाउन लागेका थिए । चौरसिया विदेश हुँदा श्रीमतिको सम्बन्ध वीरगन्जको ओपोलो ट्रामा सेन्टरमा काम गर्ने बिकेन्द्रकुमार गुप्तासंग गाँसियो।

हाल चौरसिया फर्केर वीरगन्ज आउँदा प्रियंका र उनका प्रेमीले आफ्नो सम्बन्धमा खलल हुने ठानेर हत्याको योजना बनाएको प्रहरीको ठम्याई छ। ‘प्रियंका र प्रेमी बिकेन्द्रले आँफुहरुको सम्बन्धलाई लामो समय राखिराख्न यस्तो योजना बनाएको उनीहरुले बयानमा स्विकारिसकेका छन् । प्रहरीका अनुसार प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्ने जिम्मा मनोजलाई दिए । मनोजले उमेशको हत्या गर्ने सुपारीसँगै २५ हजार एडभान्स लिएका रहेछन् ।

त्यही रकमबाट पहिचान नखुलेका व्यक्तिबाट उनले ११ हजारमा १२ बोरको बन्दुकको गोली फिट हुने १ राउण्ड गोली सहितको कटुवा पेस्तोल खरिद गरे । हत्यापछि मनोजलाई ७५ हजार दिने सहमति गरेको पाइएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए । मनोजलाई विकेन्द्रले मोटरसाइकल समेत उपलब्ध गराएको थियो । कामको शिलशिलामा बुटवलबाट फर्कदै गरेका उमेशलाई पिछा गर्दै मनोजले घर पुग्नु अघि नै गोली हाने । उनी रानीघाटको बाटो हुँदै भागेका थिए ।

प्रियंकाले नै उमेशको लोकेसनफोनमार्फत मनोजलाई जानकारी गराएकी थिइन् ।‘प्रेम सम्बन्धलाई सफल बनाउन हत्याको योजना बनाएको देखिन्छ’, पर्सा प्रहरी प्रमुख एसपी गणेश रेग्मीले भने, ‘सबै आरोपीहरुले आरोप स्वीकार गरिसकेका छन् ।’घटनाको ६ घण्टा निबित्दै यसमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न सक्नेमा सार्वजनिक ठाउँमा जडान भएको सिसिटिभी क्यामराबाट निकै मद्दत मिलेको प्रहरीले जनाएको छ । चौरसिया पैदलै आफ्नो घरतिर जाने गल्लीमा पसेको सिसिटिभी फुटेजमा देखिएको छ।

त्यसलगतै ना ३४ प १०३ नम्बरको मोटरसाइकल २ जना चढेर भित्र पसेको देखिएकोछ । त्यसपछिको समयमा घटना भएको छ।प्रहरीले सबभन्दा पहिले मोटरसाइकल धनी बिकेन्द्रलाई समातेर सोधपुछ गरेपछि एक एक गरी सबै पात्रहरुको खुलासा हुँदै गयो । ‘सिसिटिभी क्यामरा नभएको भए यसको अनुसन्धानमा समय लाग्न सक्थ्यो,’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘क्यामराको फुटेजले हामीलाई अनुसन्धानमा सघाएको छ । जिल्ला प्रहरी कार्यालयले घट्नामा संलग्नसबै जनालाई बिहीवार सार्वजनिक गरेको छ।

Comments

comments

Read More