निरन्तर संरक्षण अभियानमा जीवन चक्र समाज

झापा । दमक महोत्सवको अवसर पारेर सजाइएका गमलामा फुल महोत्सव सकिए सँगै सुक्न थालेपछि जीवन चक्र समाज यसको संरक्षणमा जुटेको छ ।

नगरलाई सजाउने भन्दै दमक उबासंघले दमकको पश्चिम बस स्टेण्डदेखि पूर्व गणतन्त्र चौकसम्म राजमार्गका दायाँबायाँ विभिन्न प्रजातिका फुल सहितका गमला राखिइएको थियो । यस्ले दमक चौक लाइ निकै सिगारेको पनि छ, तर यसको संरक्षण मा सम्बन्धित निकायले ध्यान नदिदा गमला फुट्ने पानिको अभाबमा फुलहरु मर्न थालेका थिए । यो देखे पनि दमककै एक सामाजिक संस्था जीवन चक्र समाज नेपालले गमलामा दैनिक रूपमा पानी हाल्न सुरु गरेको छ ।

समाजका सदस्य तथा संगम स्वटस्का संचालक बिमल शर्माको अगुवाइमा सुरु गरीएको पानि, हाल्ने गोड्ने काम थालिएको महिनौ भएको छ । यो क्रममा कहिले काही स्थानिय सामाजीक ब्यत्तीहरुको पनि उपस्थिती रहेने गरेको शर्माको भनाइ रहेको छ । थुलुङ नर्सरीको प्राबिधिक सहयोग र सल्लाहमा अहिले हप्तामा २ दिन पानी हाल्ने र गोड्ने काम गर्ने गरीएको छ ।

यही क्रममा शनिवार आनन्द मनि ट्रान्सफरका सन्चालक आनन्द थापाले १५ बढी फुलका बिरुवा प्रधान गरेका छन् । उत्त बिरुवा लाइ शर्माको टिम, एसियन लाईफ इन्सुरेन्स शान्तिराम निरौला, आस्था कलेजका विध्यार्थीहरु को सहयोग मा रोपिएको छ । आस्था कलेजका प्रिन्सीपल टेकनाथ भन्डारीले कलेजले शर्माको टिम लाइ पछी सम्म सहयोग गर्ने बताए ।

यता संस्थाका अध्यक्ष गणेश गौतमका अनुसार कुनै पनि कुरा सुरु गर्न सजिलो छ । तर उचित ब्यवस्थापन र संरक्षण को अभाबमा ति कार्यहरु दिर्घकालिन नहुने निश्चत छ । यी फुलहरुको संरक्षण गर्न आफुहरु सुरुगरेको यो अभियान नगरपालिका तथा उबासंघले स्थायी संरक्षणको जिम्मा नलिए सम्म  नियमित गर्ने रुपमा संरक्षण गर्ने छाै ।

Comments

comments

Read More