‘लिलिबिली’ले यसरी ततायाे झापा ( भिडियाे सहित )

झापा । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’ले पनि मोफसलका विभिन्न स्थानमा कन्सर्ट गरेको छ । चितवनबाट सुरु भएको कन्सर्ट पूर्वका विभिन्न शहरमा पुगेर सकिएको छ । चितवन, दमक, धरान, विर्तामोडमा गरिएको कन्सर्टमा दर्शकको उपस्थिती बाक्लो देखियो ।

यूवापुस्तामा राम्रो फ्यान बटुल्न सफल चलचित्रका मुख्य नायक प्रदिप खड्कालाई हेर्न दर्शकको भीड लाग्यो । यो टुरमा प्रदिपको साथमा नायिका जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल सहभागी थिए ।

गोविन्द शाही, सुदिप खड्का, मिलन चाम्सले मिलेर बनाएको चलचित्रमा अर्जुन जीसीको सम्पादन, चन्द्र पन्तको एक्सन, सुदिप बरालको छायांकन छ । चलचित्रलाई स्कटल्याण्ड र लन्डनमा  खिचिएको छ ।

झापामा यस्ताे देखियाे ‘लिलिबिली’ काे कन्सर्ट

Comments

comments

Read More