अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधि सभामा सांसद नविना लामा वैशाख १३ गते वैवाहिक जीवनमा प्रवेश गर्दै ।

३० चैत्र , काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख दोस्रो साता वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई वैशाख १३ गते वैवाहिक सम्बन्धमा परिणत गर्न लागेकी हुन् । नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि विहिवारै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् । ३५ वर्षिया युवा नेतृ नविनाको विहे आर्मी अफिसर्स क्लबमा तय भएको छ । विवाहलाई सामान्य रुपमा सम्पन्न गर्ने र कुनै तडकभडक गर्ने योजना नरहेको लामाले बताइन् ।

Comments

comments

Read More