घरको छतबाट खसेर एक महिलाको मृत्यु ।

७ बैशाख , झापा । घरको छतबाट खसेर झापाको दमकमा एक महिलाको आज बिहान मृत्यु भएको छ ।
पाँचथर जिल्ला फिदिम नगरपालिका – २ गोलाटार घर भई हाल दमक नगरपालिका वडा नम्बर –७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) को घरको छतबाट खसेर मृत्यु भएको हो ।
श्रीमान कुमार गुरुङसंगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथीबाट खसेकी थिइन् । कुमार ज्यालादारी काम गरिआएको र कमलाले चिया पसल चलाई आएका थिए । कमला केहि समयदेखि बाँथ रोगबाट विरामी परेकी थिइन् ।
कमलालाई उपचारका लागि दमकस्थित लाईफ लाईन अस्पताल लगिएको र उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

Comments

comments

Read More