पृथ्वीहोटल ब्यबसायीसमितिको बैठक स्वरेकमा सम्पन्न ,चौथो अधिवेशन भदौमा हुने

पोखरा, १५ जेठ

पोखरा स्थित पृथ्वीहोटल ब्यबसायी समितिको चौथो अधिबेसन भदौ पहिलो हप्ता हुने भएको छ । स्याङजाको स्वरेक मैदानमा बसेको समितिको बैठकले आगामी भदौ २ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

सो बैठकले बर्तमान कार्यसमितिको दुई बर्षे कार्यकालको समिक्षा गर्दे कार्यकाल सफल भएको निश्कर्ष निकालेको समितिका महासचिव बालकृष्ण निउरेले जानकारी दिए ।

यसैविच बैठक बस्न स्याङजाको स्वरेक गएको समितिको टोलीले भीरकोट ५ तिलाहार नेटा आधारभूत विद्यालयमा शैक्षिक तथा सरसफाईका सामाग्री वितरण ग¥यो । समितिले सो विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई झोला,कापी,कलम,साबुन, दन्तमञ्जन,बु्रस,विस्कुट चकलेट लगायतका सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्रकी वितरण कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका उपमेयर सीमा केसी कर्मचार्यले होटल ब्यबसायको सहयोगले विद्यालय लाई मात्र नभई समग्र भीरकोटकै शैक्षिक प्रगतिमा सघाएको महसुष गरेको बताइन । उनले सो विद्यालय लाई चकडस्टर मुक्त बनाउनलाई ह्वाइट बोर्ड र मार्कर चाडै उपलब्ध गराउने प्रतिबद्धत्ता ब्यक्त गरिन् ।

समितिका तर्फबाट बोल्दैक अध्यक्ष कमल प्रसाद न्यौपानेले सहयोगको शुरुवात मात्रै भएको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने बाचागरे । भीरकोट ५का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले समितिले विद्यालयमा गरेको सहयोगले आफुहरु उत्साहित भएको बताए । पोखरेली पत्रकार तथा स्थानीय घनश्याम पाण्डेयले स्वरेक र पोखरा विच पर्यटनसंगै शैक्षिक सम्बन्ध गाँसिएको बताए ।

Comments

comments

Read More