१८ औँ विश्व दुध दिवश दमकमा भब्य रूपमा मनाइदै

दमक । दमक नगरपालिका र नेपाल डेरी एसोसीएसन प्रदेश एकले सयुत्त रुपमा १८ औँ दुध दिवश मनाउने भएका छन् । यहि जेठ १८ गते एक कार्यक्रमको आयोजना गरी दिवश मनाइने नेपाल डेरी एसोसीएसन प्रदेश एकका संयोज हेम चन्द्र खनालले बताउनुभयो ।

मङ्गलबार दमक नगगरपलिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक खनालले दुध क्षेत्रका सरोकारवालहरु ,दमक नगरपालिका ,कृषक ,दुध ब्यवसाही र उद्यमीहरुबिचमा दुध क्षेत्रका समस्याहरुको समाधानका बिषयमा बिचार आदान प्रदान गरी दिवश मनाइने जानकारी दिनुभयो ।
दमकमा आयोजना हुने उत्त कार्यक्रम भुमिब्यवस्था ,कृषि तथा सहकारी राज्यमन्त्रि रामकुमारी चौधरीको प्रमुख आतिथ्य र भुमिब्यवस्था ,कृषि तथा सहकारी सचिव डा. हरी ब. श्रेष्ठको बिशिष्ट आतिथ्यमा सम्पन्न हुने बताइएको छ । विश्वमा सन् २००१ बाट एफएओको निर्णयबाट विश्व दुध दिवश मनाउर्दै आएकोमा नेपालमा भने २०१० बाट मनाउन थालिएको हो ।

नेपाल मा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ । दैनिक ३ करोड रकम शहरुबाट गाउँमा प्रवाह भईरहेको छ । दुधका उद्योगमा करिब २० अर्ब लागानी भएको छ । प्रदेश १ मा दुधको प्रशोधन उद्योगमा २००० जनाले प्रत्यक्ष रोजगारी पाईरहेको संयोजक खनालले बताउनुभयो । खनालले दुग्ध क्षेत्रको प्रमुख समस्या भनेको मिल्क होलीडे नै भएको बताउनुभयो ।

मिल्क होलीडेको समस्या समाधान गर्न पनि उहाले सरकारलाई आग्रह गर्नुभयो । यो समस्या समाधान गर्न नसकेमा ४ लाख ५० हजार कृषक परिवारको रोजगारी गुम्ने र करिब २० अर्ब लागानी जोखिममा पर्ने बताउनुभयो । यस्तै उहाँले बिदेशी दुग्धजन्य पदार्थको आयतमा प्रतिस्थान गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

Comments

comments

Read More