जनकल्याणको रक्तदानमा ५२ युुनिट

जेष्ठ २८,पोखरा

जनकल्याण बहुउद्येश्यिय सहकारी संस्थाले १६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युुनिट रगत संकलन भएको छ । ग्रैह्रापाटनस्थित सर्वेश्वर मार्गमा आयोजित कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष रबिरमण तिवारीले रक्तदाता सृजना घिमिरेलाई रक्तपोका हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । कार्यक्रममा राजकुमार खाँण पहिलो रक्तदाताका रुपमा रक्तदान गरे ।

कार्यक्रममा प्राविधिक सहयोग गरेको रक्तदान केन्द्रलाई संकलित रगत बुझाइएको आयोजक समितिका सह–सचिव तुलबहादुर थापाले जानकारी दिए । संस्थाका अध्यक्ष यादब पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरहरी अधिकारीले स्वागत तथा सचिव सन्तोष पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । सहकारी संचालन समितिका सदस्य बालकृष्ण भण्डारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

Comments

comments

Read More