कानपुर रेल दुर्घटनामा आइएसआईको हात,

माघ ५ एजेन्सी मोतिहारी – बिहार प्रहरीले गत नोभेम्बर २० मा कानपुरको पुखराया नजिक भएको रेल दुर्घटनामा आइआएसइको योजना रहेको दाबी गरेको छ ।

मोतिहारीका एसपी जितेन्द्र राणाका अनुसार घटनामा पक्राउ परेका तीन आरोपीले यसको खुलासा गरेका हुन् ।

सोधपुछको क्रममा कानपुर रेल दुर्घटनाका मास्टर माइन्ड दुबाईमा रहेका नेपालका व्यवसायी शम्शुल होदा हुन् ।

उनलै यसको योजनाको फिडिङ गरेका थिए । उनै होदा आइएसआइ र घटना घटाउनेहरुबीच सूचना आदनप्रदान गर्थे ।

२० नोभेम्बरमा भएको कानपुर ट्रेन दुर्घटनामा पटना–इन्दौर एक्सप्रेसको ट्रेन रेलको लिकबाट उत्रिएको थियो । यसमा १५० भन्दा बढीको मृत्यु भएको थियो ।

आरोपीले भने, बमले उडायौँ  रेलको लिक

– राणाका अनुसार मोती पासवान समेत तीन अरोपीले कानपुर रेल दुर्घटनाबारे ठूलो खुलासा गरेका छन् ।

– एसपीका अनुसार ‘शम्शुले नेपालका बाबा भनिने बृजकिशोर गिरीको मद्दतबाट कानपुर रेल दुर्घटनाको योजना बुनेका थिए ।

– मोतीले प्रहरीलाई भने, ‘पुखरायाको नजिक हामीले रेलवेको ट्रयाकलाई बमले उडायौँ । यसले गर्दा २० नोभेम्बरको बिहान पटना–इन्दौर एक्सप्रेस पुखराया नजिकै दुर्घटनाको शिकार बन्यो ।’

घोडासहनमा पनि यस्तै दुर्घटनाको योजना

– मोतीका अनुसार, ‘यस योजनामा व्यवसायी शम्शुलको भतिजा जियाउल हक र अन्य एक व्यक्ति सामलि छन् । यसको साथै राकेश यादव, गजेन्द्र यादव र बृजकिशोर गिरी र अन्य दुई व्यक्ति पनि पुगेका थिए ।

– यही समूहले चम्पारणको घोडासहनमा अक्टुबरमा बम राखेर यात्रुबाहक रेल उडाउने प्रयास गरेका थिए ।

हालसम्म आठ जना पक्राउ

– यस मामिलामा हालसम्म आठ जनालाई पक्राउ गरिएको छ । मोती पासवान, मुकेश यादव, उमाशंकर पटेललाई घोडासहनबाट पक्राउ गरिएको हो ।

बृजकिशोर, मुजाहिर अंसारी र शम्भु गिरी नेपालबाट पक्राउ गरिएको हो । जुबेर र जियाउललाई दिल्लीबाट पक्राउ गरिएको थियो । गजेन्द्र शर्मा र राकेश यादवको खोजी जारी छ ।

कसरी भयो योजनाको खुलासा
– घोडासहनबाट २५ डिसेम्बरबाट अरुण राम र दीपक राम गायब भए । २८ डिसेम्बरमा नेपालको जंगलमा उनीहरुको हत्या भयो । यसको जाँच गर्दा मुजाहिर अंसारी पक्राउ परे ।

– मुजाहिरले प्रहरीलाई रक्सौल–दरभंगा रेल ट्रयाकमा घोडासहन नजिकै बम राखेर ट्रेन उडाउने योजनाको खुलासा गरे ।

– शमशुल होदाले यसको योजना बनाएका थिए । जसमा बृजकिशोर, उनको साला शम्भु र मुजाहिर पनि मिलेका थिए ।

– ट्रयाक उडाउन शम्शुलले अरुण र दीपकलाइ २०–२० लाख र स्कर्पियोको वाचा गरेका थिए । शम्शुलले बृजकिशोरको माध्यमबाट ३–३ लाख एड्भान्स पनि पठाएका थिए ।

– दीप र अरुण ट्रयाकमा बम राखे पनि तार जोड्न बिर्सिए । यसरी प्लान फेल भयो । दुवैले पैसा फिर्ता नगरे पछि उनको हत्या गरियो ।

गुप्तचर टोली मोतिहारीमा

मोती पासवानको गिरफ्तारी र खुलासापछि भारतको गुप्तचर संस्थाको टोली मोतिहारी पुगेको छ । त्यस्तै भारतको विभिन्न सुरक्षा एजेन्सीका टोलीहरुले यसको छानविन गरिरहेका छन् ।
केही दिनमा यसबारे ठूलो खुलासा हुने बताइएको छ ।

Comments

comments

Read More