भिजन आईडल ‘सिजन २’ को टप १६ मा सरिता

ओखलढुङ्गा २२ असार

निशा तामाङ

ओखलढुङ्गामा  भिजन नेपालको आयोजनामा सञ्चालित भिजन आईडल ‘सिजन २’ को टप १६ मा सरिता तामाङ प्रवेश गरेकी छिन ।

भिजन आईडल ‘सिजन २’ को पहिलो चरणको अडिसनबाट छानिएका ९९ जना बाट छानिएर सरिता उत्कृस्ट टप १६ मा प्रवेश गरेकी हुन् ।
आयोजकका अनुसार ओखलढुङ्गा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगिहरुले प्रतिस्पर्धा गरिरहेका छन् । चार जिल्लाका विभिन्न स्थानहरुमा भएको अडिशनमा ३ सय भन्दा बढीले भाग लिएका थिए । पहिलो चरणको अडिशनबाट छनौट भएकालाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागि गराईएको पनि आयोजकले जनाएको छ ।
सरितालाई भोट गर्नको लागि
vfm space २० टाइप गरि
३७७९९ मा पठाउन सकिने छ

अडिशनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिशनमा सहभागिहरु सबैलाई प्रमाणपत्रको व्यबस्था गरिएको छ ।

भिजन नेपालको स्थापना दिनको अवसर पारेर अडिशनको फाईनल साउन २ गते हुनेछ ।

Comments

comments

Read More