फोरम कास्कीको विस्तारित बैठक तथा प्रशिक्षण

पोखरा, २३ असार

बैकल्पिक राजनीतिक शक्ति स्थापनामा जुटेको संघीय समाजवादी फोरम तमुवान—मगराँत प्रादेशिक समितिको जागरण अभियान अन्र्तगत शनिवार पोखराका कास्की जिल्लाको विस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ।

पार्टीका राजनीतिक समितिका सदस्य गणेशमान तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वहाँले आन्दोलनको विचबाटै संघीय समाजवादी फोरमको जन्म भएकाले पार्टी निर्माण अभियानलाई पनि आन्दोलनको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो। बैकल्पिक राजनीतिक धार, पहिचान, अधिकारका निम्ती र विभेद मुक्त समृद्ध नयाँ नेपालको नीति योजनाका साथ स्थापित भएकाले पार्टीको विचार पुर्याउन संगठन अपरिहार्य रहेको बताउनुभयो। उहाँले माघको अन्तिम साता जनकपुरमा हुने पार्टीको पहिलो महाधिवेशनमा कास्की सबै भन्दा क्रियाशील पार्टी समितिको आफ्नो परिचय दिने विश्वास गर्नुभयो।

कार्यक्रममा पार्टीको राजनितिक समतिका सदस्य महेन्द्र थापा मगरले पार्टीको कार्यदिशा, केन्द्रीय सदस्य धनप्रसाद तामाङले पार्टी संगठनात्मक सिद्धान्त, बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङले, पहिचान र आन्दोलन, प्रादेशिक समितिका अध्यक्ष दीपक तामाङले पार्टीको प्रादेशिक भावी कार्ययोजनाका बारेमा प्रशिक्षणमूलक विचार व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा जिल्ला ईन्चार्ज देवीराज तमु , वडा नं. ७ का पार्टी अध्यक्ष गौरी तमु, हर्क तमु,नरेश थापा मगर लगायतका नेताहरुले विचार व्यक्त गर्नुभएको थियो।

जिल्ला अध्यक्ष गिरी प्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन सचिव कुल बहादुर भुजेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष दिलिप तमुले व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा राजनीतिक समिति सदस्य एवम् पूर्व सांसद डिबी नेपाली,केन्द्रीय सदस्य कुम बहादुर तामाङ, केन्द्रीय अनुशासन समिति सदस्य सोम बहादुर नेपालीको विशेष उपस्थिति रहेको थियो भने बैठकले गाँउ गाउमा संगठन विस्तारका लागि जिम्मेवारी तोकेको छ।

Comments

comments

Read More