बर्षातले सडक , बस्ती जलमग्न भएपछि जनजीवन प्रभावित ।

२८ असार, काभ्रे । पुण्यमाती खोलाको बाढी र २४ घण्टा देखि परिरहेको अविरल वर्षाका कारण काभ्रे जिल्लाको मुख्य व्यापारीक नगरी बनेपा डुबानमा परेको छ । वर्षातका कारणले पुलबजार र त्यसका आसपासका क्षेत्र डुबानमा परेको छ, भने धनेश्वर, पुरानो तरकारी बजार क्षेत्र, खड्पु, रातमाटे, पनौती बजार लगायतका क्षेत्र
जलमग्न छन् । बर्षातले सडक जलमग्न भएपछि काठमाडौ, धुलिखेल र पनौती जाने सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । बनेपाको अधिकांश क्षेत्र पनि डुबानमा परेको छ ।

वर्षादको समयमा पानी पर्न लागेपछि निन्द्र लाग्दैन । कति खेर बाढी आउने हो र कति खेर घरको भुईतल्ला पानीले भर्ने हो भन्ने चिन्ताले सताई रहेको हुन्छ बनेपाको पुलबजार, तरकारीबजार र धनेश्वजाने पुल वरपर बस्ने बासिन्दाहरू बताउँछन् ।
बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् । पुण्यमाती खोलाले बनेपाको पुलबजार हरेक वर्ष डुबानमा पर्दै आएको छ । तर समस्या समाधान गर्न कसैले चासो नदिएको गुनासो स्थानीयबासीले गर्दै आएका छन् ।

Comments

comments

Read More