७ वर्षपछि लुकासको गोल, लिभरपुल अघिल्लो चरणमा

माघ ६ – लिभरपुल, साउथह्यामप्टन र न्युक्सल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको चेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो । गएको हप्ताभएको तेस्रो चरणको खेलमा बराबरी भएपछि लिभरपुलले प्लाइमाउथसँग रिप्ले खेल्नु परेको हो । लिभरपुलको जिमा १८ औं मिनेटमा लुकास लेइवाले गरेको गोल नै निर्णायक बन्यो । उनले सात वर्षपछि लिभरपुलका लागि गरेको यो पहिलो गोल हो ।उनले यसअघि सन् २०१० मा लिभरपुलका लागि गोल गरेका थिए । यस्तै राति नै भएको खेलमा नर्विच सिटीलाई १–० ले नैहराएको साउथह्यामप्टनले पनि चौथो चरणमा स्थान बनाएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्यामप्टनलाईजिताउन इन्जुरी समयमा शाने लङले गरेको गोल निर्णायक बन्यो । अर्को खेलमा बर्मिङ्घम सिटीलाई ३–१ ले हराएकोन्युक्यासलले पनि चौथो चरणमा स्थान बनाएको छ । न्युक्यासलको जितमा म्याट रिट्चीले दुई तथा योएन गुफ्रानले एक गोल गरे । बर्मिङ्घमका लागि डेविड कोट्रिलले एक गोल फर्काए ।

Comments

comments

Read More