सञ्चारकर्मी जीवन लामाको फोटो पुस्तक गौरीशंकर विविधतामा एकता सार्वजनिक ।

३१ असार काठमाडौं । सञ्चारकर्मी नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाको फोटो पुस्तक गौरीशंकर विविधतामा एकता सार्वजनिक भएको छ । राजधानी काठमाण्डौंमा शनिबार एक समारोहका विच पर्यटन मन्त्री रविन्द्र अधिकारीले लामाको पुस्तक सार्वजनिक गर्नु भएको हो ।

गौरीशंकर गाउँपालिका सँगको समन्वयमा तयार पारिएको पुस्तकमा दोलखाली हिम आरोहीको सम्पुर्ण विवरण समेत समावेस गरिएको छ । पुस्तक गौरीशंकर गाउँपालिका सँगको समन्वय तयार पारिएको हो । सो अवसरमा गौरीशंकर गाउँपालिकाका सम्पुर्ण हिमआरोहीलाई सम्मान समेत गरिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले गौरीशंकर गाउँपालीकामा रहेको सिमी गाउँ देखी च्छोरोल्पा ताल सम्मको तस्वीरले पर्यटकलाई आकर्षित गर्न सक्ने बताउनु भयो । सरकारले पोखरा जस्तै सगरमाथाको द्धार मानिने जिरी तथा दोलखाको गौरीशंकर क्षेत्रलाई पर्यटकिय हव बनाउनको लागि बजेट समेत विनियोजन गरेको जानकारी दिनु हुदै गौरीशंकरको चुचुरो देखी सगरमाथा चुचुरोको समेत चुम्बन गर्न सफल भएको दोलखाली अरोहीहरुलाई शुभकामना दिनु भयो ।

Comments

comments

Read More