मृगौलाको रोगबाट पीडित धरानका मेयर तारा सुब्बाको निधन ।

१ असार, सुनसरी धरान उप–महानगरपालिकाका मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन भएको छ । मृगौलाको रोगबाट पीडित सुब्बाको उपचारको क्रममा आज दिउँसो काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको जनाईएको छ । ५२ वर्षीय सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्थानीय चुनावमा उहाँले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार भन्दा बढी मतले हराउनु भएको थियो । २०४० सालमै अनेरास्ववियू नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गर्नुभएको थियो। यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले चिनिन्थ्यो । सुब्बा संघको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बन्नुभएको थियो । सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।

Comments

comments

Read More