मुलुकबाटै विद्युतभार कटौती गर्ने महाअभियानमा लागेको भन्दै झापाको एक गाउँको नाम नै परिवर्तन गरि ‘कुलमान घिसिङ चोक’ राखियो ।

४ साउन । झापाको दुई नगरपालिकाको बीचमाअवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियानमा लागेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कन्काई-४ र शिवसताक्षी-१० को बीचमा पर्ने टेक्रागाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत सेवा नहुँदा टुकी बाल्दै आएका थिए । ‘बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए’, चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले भने, ‘कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युतको समस्या छैन , तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।’ विद्युत समस्याका विषयमा स्थानीयवासीले कार्यकारी निर्देशक घिसिङ समक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत २२ लाखको लागतमा१०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए ।

Comments

comments

Read More