गायिका मेलिना राइको स्वरमा मिलनको ‘मोहनी मन्त्र‘ सार्वजनिक ।

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चा बटुल्ने कलाकारमध्ये मिलन पाख्रिन पनि एक हुन् । उनको शब्द तथा प्रस्तुतीमा भर्खर नयाँ म्युजिक भिडियो ‘मोहनी मन्त्र‘ सार्वजनिक भएको छ ।
मोहनी मन्त्र सार्वजनिकसँगै पाख्रिनको नयाँ एल्वमले चर्चा पाएको हो । लोकप्रिय गायिका मेलिना राईले मोहनी मन्त्रमा उत्कृष्ट स्वर दिएकी छिन ।
उक्त गीतमा गायक तथा संगीतकार जोगलाल लामाले संगीत एरेन्ज गरेका छन् ।
मोहनी मन्त्रको छायाँकन फिल्म तथा म्युजिक भिडियो सुटिङ स्पोर्ट गोकर्ण क्षेत्रमा गरिएको छ । म्युजिक भिडियोमा प्रकाश घिसिङ र निरञ्जली लामाले ‘चक्लेटी’ अभिनय गरेका छन् । भिडियोमा निरञ्जलीले बोकेको फोटो आफ्नो सम्झिएर मख्ख परेको प्रकाश एकै छिनमा निरास भएको दृश्य छ ।
नयाँ हिरो (अमिर दोङ) इन्ट्रि भएपछि बेस्ट ब्लक दिएर फर्किन्छन्, प्रकाश । यससमा दुई जना बालकलाकरले समेत ठाउँ पाएका छन् । इन्सा पाख्रिन र ओसिका लामाले जिज्ञासु स्वभावमा अभिनय गरेका छन् ।
उक्त म्युजिक भिडियोमा अमिर दोङले निर्देशन गरेका छन । सो भिडियो डम्फू मिडियाको युट्टुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Comments

comments

Read More