चार ठाँउमा तमुवान—मगराँत जागरण अभियान

चार ठाँउमा तमुवान—मगराँत जागरण अभियान

पोखरा साउन

तमुवान—मगराँत संघर्ष समितिको प्रशिक्षणात्मक जागरण अभियान भेला पोखरा महानगरपालिकाको वडा नं. ८, ९, ३१ र ३२ मा सम्पन्न भएको छ।

आदिवासी जनजातिको पहिचान, अधिकार र तमुवान—मगराँत आन्दोलनसहित विविध पक्षमा जागृत गराउन आयोजित वडा नं. ८ को भेलाले प्रेमबहादुर तमुको संयोजकत्वमा संघर्ष समिति गठन गरेको । बगालेटोल तमु समाजमा सम्पन्न भेलाले संघर्ष समितिको सचिवालयमा सुवास तमु, हर्कबहादुर तमु, मिलन तमु र उमा तमु रहनुभएको छ।

भेलामा तमुवान—मगराँत जागरण अभियन्ताहरु दीपक तामाङ, कृष्णकुमार तमु, गिरीप्रसाद तमु, कुलबहादुर भुजेल, प्रेमबहादुर तमु लगायतले विचार व्यक्त गर्नुभएको थियो।

यसरी नै पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाजमा सम्पन्न वडास्तरीय जनजागरण भेलाले सुमे नारायणसिंह तमुको संयोजकत्वमा तमुवान—मगराँत वडा नं. ९ संघर्ष समिति गठन गरेको छ। समितिको सदस्यहरुमा क्या.टेकबहादुर तमु, गणेशबहादुर तमु, पवी तमु, बेलकुमारी तमु, भिक्टोर तमु, आशिष तमु, बुद्ध तमु, अम्बरबहादुर तमु, मिना तमु रहनु भएको छ भने सल्लाहकारहरुमा तमु सेवा समिति नयाँबजारका अध्यक्ष क्या.रचेबहादुर तमु, चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदिपकुमार तमु र बौद्ध अर्घौ सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमुलाई सल्लाहकारमा चयन गरिएको छ।

चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदिप तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गणेशमान तमु, अभियन्ताहरु हुमबहादुर तमु, आस तमु, कृष्णकुमार तमुसहित क्या.रचेबहादुर तमु, क्या.चन्द्रप्रसाद तमुले विचार व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित संयोजक सुमे नारायणसिंह तमुले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसरी नै वडा नंं ३१ को रुपाताल तमु समाजमा आयोजित बृहत भेलाले खमनसिंह तमुको संयोजकत्वमा आन्दोलन परिचालन सचिवालय गठन गरेको छ। सचिवालय सदस्हरुमा टुकमाया तमु, हस्तबहादुर तमु, टेकबहादुर तमु, कृष्णबहादुर तमु रहनुभएको छ।

चेसबहादुर तमुको अध्यक्षता खमनसिंह तमुले स्वागत र मीनबहादुर तमुको संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि पहिचान आन्दोलनका अभियन्ता धनप्रसाद तामाङ, मनबहादुर तमु र फुलमाया तमुले आदिवासी अधिकार र पहिचानका बारेमा बोल्नुभएको थियो।

यस्तै गरी पोखरा ३२ स्थित सुर्यमुखी तमु समाजमा सम्पन्न बृहत भेलाले सु.झमबहादुर पुनको संयोजकत्वमा क्या.इमबहादुर पुन र क्या.पुर्णबहादुर तमु रहनुभएको हाइकमाण्ड संयन्त्र गठन गरिएको छ।

दलबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमुवान—मगराँत संघर्ष समितिका संयोजक तथा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको प्रमुख आतिथ्यता, अभियन्ता धनप्रसाद तामाङ, मनबहादुर तमु, झपेन्द्रबहादुर राना मास्की, कुमारबहादुर पुन लगायतले विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रम पश्चात हालै नामाकरण गरिएको गण्डकी प्रदेश मान्दैनौ भन्दै विरोध स्वरुप संस्थागत भवनहरुमा कालो झण्डा गाडिएको थियो ।

प्रदेशको नामाकरण तमुवान—मगराँत राख्नुपर्नेसहित आदिवासी जनजाति चाडपर्व विदा कटौती खारेज गर्नुपर्ने, आदिवासीका भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्नुपर्ने, विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषा गर्नुपर्ने, आइएलओ १६९ कार्यान्वयन गर्नुपर्ने, धर्म निरपेक्षता विरुद्धका षडयन्त्र अन्त्य लगायत माग राखी संघर्ष समिति आन्दोलित रहेको छ।

Comments

comments

Read More