दमकमा बन्ने भयाे अन्तराष्ट्रिय स्तरकाे फन पार्क ( भिडियाे सहित )

दमक/ लामो समय देखी रमाईलो गर्नका लागि निकै समय खर्चेर टाढा टाढा पुग्ने गरेका दमक बासीहरु अब चाडै यो समस्यबाट मुक्त हुदै छन् ।

झापाको दमकमा, स्थानिय ८ जना ब्यवसायीहरु मिलेर साबिक को दमक ३ हालको दमक २ भाङबारीमा करिब १० करोडको लागतमा सुविधा सम्पन्न फनपार्क बनाउन शुरु गरेकाछन् । बुधबार पार्क को शिलन्यास गरी काम शुरु गरीएको छ । यसका लागि ७ बिगाह जमिन ब्यवस्थापन गरिएको छ ।

दमक चोकबाट करिब ३ किलोमिटर दुरीमा दमक बेलडाँगी सडकमा यो फन पार्क हाम्रो दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रा.ली. नामका कम्पनी मार्फत दमकका लोकप्रीय एवं सफल ब्यवसायीहरु । प्रकाश प्रशाइ, योगराज दंगाल, पुष्पप्रसाद खनाल, राजेन्द्र दंगाल, गोपाल बस्नेत, किशोर खनाल, बिप्लव दंगाल र टोविन्द्र केसीको संयुक्त साझेदारीमा यो काम सुरु गरीएको छ ।

दमकमा एउटा पनि आकर्षक पार्क क्षेत्र नरहेको अवस्थामा एउटा आकर्षक टुरिजमस्थल बनाउने उधे्यश्य साथ काम अघि बढाएको संयोजक प्रकाश प्रशाइले बताए उनका अनुसार आउदो बैशाख १ गते नयाँ बर्षको अवसरमा यसको उद्घाटन गर्ने लक्ष्य अनुसार काम सुरु गरीएको छ । यस फनपर्कमा रेल सहितको चिल्ड्रेन पार्क, स्विमिङपुल, घोडचडी, गार्डेन, बर्थ डे मनाउनेस्थल, म्यूजिकल एरिया, (बोटिङ),पार्टी प्यालेस, पिकनिक स्पट, आधुनिक बार लगायतका सुविधाहरु रहने । कुरा पार्कका इजिनियर अनुप पराजुलीले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएर सहज रुपमा दिन बिताउने वातावरणबनाउने निमार्ण पक्षले जानकारी दिएको छ । दमकमा पर्यटकिय क्षेत्र मा सरकार का निकै ठुला योजना भए पनि नीजि क्षेत्रको ठुलो लगानीमा बन्न लागेको पर्यटकीय स्थल हाम्रो दमक फनपार्क नै रहेको छ ।

Comments

comments

Read More