विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपालभर बिभिन्न कार्यक्रम सम्पन्न

दमक । दमक विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाललगायत विश्वभर विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँएको छ ।
आदिवासी जनजातिहरुको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो दिवस मनाउने गरिएको छ । झापाको दमक नगर पालिका र कमल गाउ पालिक लगायतका ठाउमा पनि आदिवासी जनजातिकाहरुले बिभिन्न झाकी सहितकोको र्यालिका साथै सास्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

कमल गाउपालिका ५ मा आदीवासी रंगशालामा नै कार्यक्रमको आयोजना गरीएको छ । कार्यक्रममा सबै बत्ताले सरकारले रंगशालाको नाममा राजनिती नगरी, आदीवासी रंगशालानै बनाएर सम्पुर्ण आदिवासी लाइ सम्मान गर्न आग्रह गरेका छन् ।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा बिहिबार देशका बिभिन्न स्थानका बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको थियो। विश्व आदिवासी दिवसको अवसरमा प्रदेश एक सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि पूर्वका विषयगत कार्यालयहरु खु्ल्ला रहेका हुन् । झापा सहित प्रदेश एकका संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला रहे । प्रदेश एक सरकारले बुधबार सूचना जारी गर्दै विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Comments

comments

Read More