ओखलढुंगामा सम्बन्ध बिच्छेदका घटना बढे

पुष्पा तामाङ्ग ,
ओखलढुङ्गा साउन २५
ओखलढुंगामा पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढेका छन् । जिल्ला अदालत ओखलढुंगाका अनुसार विगतको तुलनामा पछिल्लो समय सम्बन्ध बिच्छेद गराउनेहरु बढेका हुन् । गत आर्थिक वर्ष एक वर्षको अवधिमा ४७ ओटा भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७४÷७५ मा सम्बन्ध बिच्छेदका ४७ वटा मुद्धा दर्ता भएकोमा ३७ ओटाको फैसला भएको र बाँकी ८ ओटा यस आर्थिक वर्षका लागि सरेको जिल्ला अदालत ओखलढुंगाका स्रेष्तेदार तिर्थराज भट्टराईले बताए ।
उनका अनुसार सम्बन्ध बिच्छेद गराउ बिवाह बन्धनमा बाँधिएको २२ दिन देखि ५० वर्षसम्मका दम्पती आउने गरेका छन् । कलिलैमा प्रेम विवाह गर्ने र उमेर पुगेपछि सम्बन्ध बिच्छेद गर्ने समस्या बढेको स्रेष्तेदार भट्टराई बताउँछन् । वैदेशिक रोजगारी र अशिक्षाका कारणले समेत सम्बन्ध बिच्छेद हुने गरेको अदालतले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा पनि ३७ ओटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका थिए । जस मध्ये २९ ओटाको फैसला सोही आर्थिक वर्षमा भएको थियो । बाँकी ८ ओटा २०७४÷७५ का लागि जिम्मेवारी सरेको थियो ।

Comments

comments

Read More