सल्लेरिमा ब्यक्तिगत लगानीमा समाधी स्थल निर्माण

पुष्पा तामाङ्ग ,
ओखलढुङ्गा साउन २५

ओखलढुंगाको सिद्दिचरन नगरपालिका ८ सल्लेरिमा ब्यक्तिगत लगानीमा समाधी स्थल निर्माण गरिएक छ । सोही स्थान निबासी भुत पुर्ब सिगापुर प्रहरी एसएसपि एकराज तामाङको लगानीमा समाधि स्थलको निर्माण भएको हो । एक सय भन्दा बडी घर धुरी रहेको सल्लेरिमा समाधी स्थल नहुदा समस्या भएको थियो । १४ फिटको बर्गाकार आकारमा सब दहन स्थल र ट्र्स्टको टहरा निर्माण गरिएको छ । पन्च माया गोले र सिङ्ग बहादुर ब्लोनका उनी माहिला छोरा हुन । २७ बर्षको सिगापुर प्रहरी सेवा गरे पछी उनले बाकी जिबन समाज सेवामा बिताउने बताएका छन । ५ लाख ३० हजार रुपैयाको लगानीमा निर्माण गरिएको समाधी स्थल निर्माण पछी साबिक सल्लेरी गाबिसका ३,५/ ६ नम्बर ओडामा रहेका तामाङ समुदायलाई सहज हुने भएको छ ।

Comments

comments

Read More