बजाज कम्पनीको नयाँ मोटरसाईकल बजारमा

दमक । झापाको दमकमा रहेको न्यू संगम इन्टरप्रइजेजले बजाज कम्पनीको नयाँ मोटरसाईकल बजारमा ल्याएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि बजाज कम्पनीको १५० ट्विन डिसब्रेक ’ मोडल सर्वजनिक गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने बजाज कम्पनिका मोटर साइकल बजाजले आफ्नो स्पोटस् भर्जन लाइ निरन्तरता दिदै नयाँ मोडल बजारमा ल्याएको हो । मोटर साइकलमा लाइट, स्टार्ट किक, टायर, डिस्क ब्रक, सकप, ससि डिटिएस आई इञ्जिन लगायतमा थप सुधार गरेर बजारमा ल्याएको संगम इन्टरप्रइजेजका प्रोपाइटर विमल शर्माले जानकारी दिए ।

केही दिनका लागी नेपाली बजारमा २ लाख ५५ हजार ९ सय रुँपैया पर्ने उक्त मोटरसाईकलको आज दमक जेसीजका अध्यक्ष चन्द्र खत्री र पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले संयूक्त रुपमा सार्वजनिक गरेका हुन् ।

Comments

comments

Read More