दमककाे मुगा होटलमा आगलागी

झापाको दमकमा आज विहान एक होटलमा आगलागी भएको छ । दमक – ५ मा रहेको मुगा होटलमा आज बिहान साढे पाँच बजे तिर अचानक पार्टी हलमा आगलागी हुदाँ करिव रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए ।

आगलागीबाट हलमा भएका एसी, कुर्सि, टेबल, जिप्सन लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको सञ्चालक बस्नेतले बताए । आगलागी दमकलको सहयोगमा प्रहरी, स्थानीय बासिन्दाहरु मिलेर आधा घण्टा पछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए ।

Comments

comments

Read More