मह सञ्चारकाे ‘दाल भात तरकारी’, मंसिरमा बसाउने वैशाखमा पाक्ने

दमक । मह सञ्चारले प्रस्तुतीमा निर्माण गर्न लागिएको सिनेमा ‘दाल भात तरकारी’मा नायिका निरुता सिंह फाइनल भएकी छन्।

मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन्। सुदन केसी लामो समयदेखि मह सञ्चारमा काम गर्दै आएका छन् भने ‘अंगरक्षक’देखि नै सहायक निर्देशकको रुपमा सिनेमा निर्देशनको अनुभव बटुलेका छन्। उनले पछिल्लो सफल सिनेमा शत्रु गतेमा समेत सहायक निर्देशक भएर काम गरेका छन्।

लामो समयदेखि नेपाली सिनेमाभन्दा बाहिर रहेकी निरुताको यो सिनेमा ‘कमब्याक’ हुने भएको छ। केही समय अघि नाई नभन्नु ल ५ मा अतिथिको भूमिका खेलेकी निरुता यस सिनेमामा भने लामै भूमिकामा प्रस्तुत हुने भएकी छन्।

यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौँमा नै हुने बताइएको छ। सिनेमामा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, राजाराम पौडेल, मोहितवंश आचार्य, विल्सनविक्रम राई प्रियंका कार्की वर्षा राउत पुष्प खड्का लगायतका कलाकारहरु रहनेछ। मंसिर पहिलो सातादेखि छायांकनमा जाने यो सिनेमा अर्को वर्षको वैशाख १३ गते प्रदर्शन हुनेछ।

Comments

comments

Read More