गायिका लिला धर्ति मगर र गायक विनय पुन मगरको आवाजमा “पिपलको छेउमा वर ” (भिडियो सहित)

काठमाडौ,भदौ ६ ं– म्युजिक बैङकको प्रस्तुतीमा राप्ती जलजला रोधी घरको पहिलो लोकदोहोरी प्रस्तुती गीत“पिपलको छेउमा वर ” गायिका लिला धर्ति मगर र गायक विनय पुन मगरको अवाजमा रहेको मौलिक पनको आभाष दिने खालको लोकभाका बजारमा आएको हो ।
नेपाली समाजमा मनको पिडा र दिनभरिको थकान मेटाउनको लागी रोधी बस्ने परम्परालाई जर्गेना गर्नको लागी भएपनि गीत बजारमा ल्याएको गायक विनयले बताए । विनम पुन मगरको शब्द तथा सर्वोकृष्ट लय सिर्जना गीतमा रहेको छ । गौरव गिरीले गीतमा एरेन्ज गरेका छन ।
भगीरथ गाहा मगरको निर्देशनमा रहेको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने नविन गहा मगरले सम्पादन गरेका छन । गीतको भावलाई बुझदै मोडल करिष्मा ढकाल र हिमाल मगरले अभिनय गरेका छन ।

हेर्नुहोस भिडियो

Comments

comments

Read More