गायक प्रेम सुनार र गायिका उर्मिला प्रजाको ‘ पिताम्वर ’ हेर्नुहोस भिडियो सहित

काठमाडौं , भदौ ७ । लोक दोहोरी सर्जक तथा गायक प्रेम सुनारको को प्रस्तुतिमा बास्तविक जिवन घटनामा आधारित मार्मिक लोकदोहोरी गीत ‘पिताम्वर’ सार्वजनिक भएको छ ।
मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने यस एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान र श्रीमतिको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ ।

गायक प्रेम सुनार र गायिका उर्मिला प्रजाका को आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । राजेश रोकाया र प्रेम सुनारको सर्वाेकृष्ट शब्द तथा डि वि एस खरी गैरी लय सिर्जना रहेको छ । महेश महरा को छायाँकन तथा चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशनमा आशा खड्का र बसन्त सुनारको गीतको भिडियोमा अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Comments

comments

Read More