डा.भम्पा राई र उनको श्रीमती उर्मीला राईको उपचारको लागि बेलायतबाट सहयोग रकम प्राप्त ।

८ साउन दमक । झापा दमकका डा. भम्पा राई र उनको श्रीमती उर्मीला राईको उपचारको लागि बेलायतबाट सहयोग प्राप्त भएको छ । बेलायतको रिडिङमा बस्दै आएका गजेन्द्र गुरुङ्गको संयोजकत्वमा रहेको आर्थिक संकलन समितिले उनीहरुको उपचारको लागि एक लाख ७८ हजार ९ सय ७० रुपैया सहयोग पठाएको छ ।

सो सहयोग रकम आज एक कार्यक्रमका वीच दमक स्थित थकाली किचन एण्ड बारमा बुद्धि बहादुर राइ, दिवस राई,बासुदेव राई लगायतले हस्तान्तरण गरे ।
डा.राइको आन्द्रामा समस्या भएपछि केहि महिना अघि भारतको सिलिगुडी स्थित आनन्दलोक हस्पिटलमा सल्यक्रिया गरिएको थियो । राई अझै पनि पूर्ण रुपमा
ठीक भएका छैनन् । उनको श्रीमती उर्मीलाको दुबै मृगौला खराब छन् । अहिले श्रीमती राईको नियमित डायलासिस गरिदै छ ।
१९९१ मा भुटानबाट नेपाली भाषी लखेटिएसँगै डा. राई पनि नेपालमा शरणार्थी जीवन विताइरहेका छन् ।

Comments

comments

Read More