भवन संहिता कार्यन्वयनका लागि अभिमुुखिकरण कार्यक्रम

दमक । भवन संहिता कार्यन्वयनका लागि आज दमकमा सतेचतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

पछिल्लो पटक दमक क्षेत्रमा तिव्ररुपमा बन्दै गएका घर तथा भवनहरु भुकम्प प्रतिरोधी बनाउँन लागु गरिएको स्थानीय ऐन कार्यन्वयनमा जोड दिन सो कार्यक्रम गरिएको दमक नगर पालिकाका वडा सदस्य गिरीभक्त सोङ्मेन राईले बताउनु भयो । पछिल्लो समय भवन संहिता कार्यन्वयनमा केही फितलो हुन थालेपछि त्यसलाई पूर्णरुपमा कार्यन्वयन गर्न वडा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको दमक नगरपालिका वडा नं. १ का अध्यक्ष तारा अधिकारीले बताउनु भयो ।

दमकका सवै वडाहरुमा संचालन गर्दै आएको कार्यक्रम आज बजार क्षेत्रमा रहेको दमक नगर पालिका वडा नं. १ मा गरिएको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङ्गले बताउनु भयो । कार्यक्रममा दमक वडा नं. १ का टोल विकास संस्थाका अध्यक्ष, निर्माण कम्पनिका पदाधिकारी तथा अन्य सरोकारवाला संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको छ ।

कार्यक्रमलाई भूकम्प प्रतिरोध राष्ट्रिय समाज नेपालका सिभिल इन्जिनियरद्वय हेमन्त गाईं र सुमन ओलीलले सहजिकरण गर्नु भएको छ ।

Comments

comments

Read More