निर्वाचन आयोगले खारेज गरेको दलका नेतालाई प्रचण्ड सरकारले मन्त्री बनाए,

इसरोकार संवाददाता माघ ६,  जब राजनीतिमा नैतिकताको खडेरी पर्छ तब देख्न पाइन्छ यस्तो लज्जाजनक दृश्य चाहिँ । निर्वाचन आयोगले दल खारेजी गरेको छ अर्थात पार्टीको अस्तित्व छैन । त्यही पार्टीका अध्यक्ष झण्डा हल्लाउदै हिड्ने भए । प्रेम बहादुर सिंह यस अगाडि खानेपानी मन्त्री छँदा प्रचण्डको सचिवालयले पिएको खानेपानीको साढे बाह्र लाख  बिल मिनाहा गरिदिएको बदलामा सिंहलाई खानेपानी मन्त्रालय सुम्पिएका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरी लोकतन्त्रको धज्जी समेत उडाएका छन । संसदमा एक÷एक सिट भएका समाजवादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई उनले सरकारमा सहभागी गराएका हुन ।
राष्ट्रपति भवन शीतल निवामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंह र खड्कालाई पद तथा गोपनियताको सपथ गराएकी हुन ।

स्मरण रहोस प्रेम बहादुर सिंहको समाजवादी जनता पार्टी निर्वाचन आयोगले खारेज गरिसकेको छ ।

निर्वाचन आयोगले दल नै खारेज गरिदिएको पार्टीलाई समेत प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाएर लोकतन्त्रको उपहास गरेका हुन । कालिकोटका सांसद सिंहका  दुई पत्नी छन ।  प्रचण्डका स्वकीय सचिव प्रकाश दाहाल पनि दुई पत्नीका मालिक  हुन । त्यस्तै हालै मात्र  मध्यरातमा छापामार शैलीमा नियुक्ती भएका केही न्यायधीशहरुको चारित्रिक सबालमा समेत प्रश्न चिह्न उठिरहेको छ । हालै नियुक्त भएका माओवादी निकटका न्यायधीशहरु समेत चारित्रिक खोट लागेका अर्थात बहुपत्नीवाला परेका थिए ।

ठकुरी बाबुसाहेब मन्त्री सिंहकी जेठी श्रीमती हाल कालीकोटमा छिन् भने माइली श्रीमती थानकोटतिर छिन् । उनी अहिले आफ्नै पार्टीकी एक नेतृसँग मैतिदेवीमा बस्छन् ।

 

Comments

comments

Read More