रामकहानी भदौ २२ बाट देश भर प्रदर्शनमा ( भिडियाे )

दमक । अभिनेत्री पुजा शर्माले निर्माण गरेको चलचित्र रामकहानी भदौ २२ बाट देश भरिकाहलहरुमा प्रदर्शनमा आउने भएको छ । चलत्रिका पुर्वाञ्चल बितरक चैतन्य बरालले बुधबार दमक एक कार्यक्रम गर्दै रामकहानीले दर्शकको मन जित्नेमा आफुहरु आशाबादी रहेको र निर्देशक सुर्दशन थापाले नेपाली चलचित्रलाई बुझेको निर्देशक भएकोले यो चलचित्रलाइ दर्शकले मन पराउनेमा आफुहरु विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा चलचित्रका निर्देशक थापाले फोन मार्पmत सम्बाद गर्दै चलचित्रलाई आफ्नो टिमले एकदमै मेहनत गरेकोले सफल बन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले चलचित्रलाई हेरेर अफुलाई प्रतिक्रिया दिन पनि आग्रह गर्नु भयो ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अभिनेत्री पूजा शर्मा आकाश श्रेष्ठ हास्यकलाकार केदार घिमिरे माग्ने जितु नेपाल, विल्सन विक्रम राई रविन्द्र झा, राजाराम पौडेललगायतको प्रमुख भूमिका रहेको छ । यस अघिनै युटुवमा गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेकाल ेपनि फिल्मले राम्रो ब्यापर गर्नेमा निर्माण पक्ष ढुक्क देखिएका छन् ।

Comments

comments

Read More