आदर्श समाज सहकारीकाे २२ औ साधारणसभा सम्पन्न

दमक–६ स्थित आदर्श समाज सहकारी संस्थाले आज आफ्नो २२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

दमक स्थीत पपशुपति मन्दिरको सभाहलमा एक कार्यक्रम गरि संस्थाले आफनो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष भरत खातीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।

सो अवसरमा संस्थाले बिभिन्न शिर्षकमा ३० जना उत्कृष्ट शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको संस्थाका संचालक सदस्य सुनिल दियालीले बताउनुभयो । ७१८ जना शेयर सदस्य रहेको सो संस्थाको हालसम्म शेयर पूंजी १ करोड १ लाख ९५ हजार २ सय पुगेकोे संस्थाका अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा जनाईएको छ ।

Comments

comments

Read More