जुवा खेल्ने १८ जना पक्राउ

इसरोकार संवाददाता भक्तपुर, माघ ७ – भक्तपुरको भत्केकोपाटीस्थित रातो भाले रिसोर्टबाट प्रहरीले जुवा खेल्दै गरेका १८ जनालाई पक्राऊ गरेको छ । प्रहरीले जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का कुमार खत्रीसहित १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले सात लाख ५२ हजार आठ सय ५० रुपैयाँ र १६ थान कौडा बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक दिलबहादुर सुवेदी जानकारी दिनुभयो ।

Comments

comments

Read More