दमकमा साउण्ड सिस्टम तथा लाइट सम्बन्धी तालिम सुरु

दमक ।  झापाको दमकमा साउण्ड सिस्टम तथा लाइट प्रबिधी  तालिम सुरु भएको छ ।

दमककाे गाेर्खा  डिपार्टमेन्टकाे सभाहलमा  आइतबार एक कार्यक्रमका बिच प्रदेश सभाका क्षेत्र नं ५ ख का  सांसद अर्जुन राईले उद्घाटन गरे सगै  तालिम सुरु भएको छ । तिन दिन सम्म चल्ने उक्त तालिममा मेची कोशी का साउण्ड सिस्टम का कर्मचारी र ब्यापारी गरी १०० बढी प्रशिक्षार्थीहरू रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राई ले तालिममा कोही महिला सहभागी नभएकाले यस प्रकारको तालिममा महिलालाइ पनि सहभागी गराउनु पर्नेमा जोड दिए । रार्इले कुनै पनि सभा समाराेहमा  सफल्ताका साथ सम्पन्न गर्न साउण्डकाे सिस्टमकाे मुख्य भुमिका हुने भएकाले प्रशिक्षार्थीलाइ तालिम जति सक्दाे लाभ लिएर गुणस्तरिय सेवा दिन अाग्रह समेत  गरेका छन् ।

२०६९ सालमा स्थापना भएको संघले समय समयमा यस्तै प्रकारको तालिम दिदै आएको तालिम संयाेजक माेहन मगरले जानकारी दिए । तालिमकाे पहिलाे दिनकाे प्रशिक्षक काठमाण्डाै बाट अाएका  सुन्दर श्रेष्ठ   रहेका छन् ।  संघका  अध्यक्ष   डिके लामा काे अध्यक्षतामा भएकाे उक्त  कार्यक्रममा   साउण्ड सिस्टम संघका पुर्व अध्यक्ष सुन्दर श्रेष्ठ दमक ५ का अध्यक्ष इन्द्र गुरुङ लागायतकाे उपस्थिती रहेकाे  थियाे । कार्यक्रममा   पायाेनियर  ब्रान्डले अाफ्ना पछिल्ला उत्पादन काे प्रर्दशनी समेत गरेकाे छ  ।

Comments

comments

Read More