नुवाकोटको बिदुर नगरपालिकामा नेपाल तामाङ घेदुङ इकाइ समिति गठन ।

२२ मङ्सिर , नुवाकोट ।

नुवाकोटको बिदुर नगरपालिकामा नेपाल तामाङ घेदुङ बिदुर नगरपालिका इकाइ गठन भएको छ । मीन ब्लेन्थेन तामाङ (गुरुङ) को अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो भने उपाध्यक्षमा  सन्तुमाया तामाङ , बुद्धिमान तामाङ, सचिवमा बिरबहादुर तामाङ, कोशाध्यक्षमा शंख बहादुर तामाङ, सहसचिवमा हेम बहादुर तामाङ रहेका छन ।

नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य बिगेन्द्र सिंह वाइबा तामाङको  समुपस्थितीमा बिदुर नगरपालिका वडा नम्बर ९ कोलोनिमा भएको एक भेलाले ११ सदस्यीय कार्य समितिको चयन गरेका हुन ।

देश संघीय संरचनामा गइसकेपछि प्रदेश, जिल्ला र स्थानीय तहहरुमा पनि घेदुङ स्थापना हुँदै आइरहेको छ । यसैक्रममा नुवाकोट म्यागङमा पनि आफूहरुले घेदुङ स्थापना गरिएको बिगेन्द्र सिंह वाइबा तामाङले जानकारी दिनुभयो ।

Comments

comments

Read More