हेटौँडामा ‘कमला जिम्बा बचाऔँ’ अभियान

हेटौँडा, २६ मङ्सिर क्यान्सरपीडित कमला जिम्बाको उपचारका लागि सहयोग जुटाउन ‘युथ अफ हेटौँडा’ले रु एक सङ्कलन अभियान शुरु गरेको छ ।

सामाजिक सञ्जाल समूह युथ अफ हेटौँडाले ‘कमला जिम्बा बचाऔँ अभियान’ थालेको हो । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी कमलाको आर्थिक अभावकै कारण उपचार हुन नसकेपछि उक्त अभियान सञ्चालन गरिएको हो । उपचारकै क्रममा आफ्नो घडेरीसमेत बिक्री गरिसक्नुभएको छ । “काठमाडौँ र चितवन अस्पतालमा गरी रु ३५ लाखभन्दा बढी खर्च भइसक्यो”, उहाँले भन्नुभयो, “आफँैले खर्च जुटाउन सक्ने अवस्था छैन ।”

अभियन्ता अमृत चिमरियाले आर्थिक सहयोगका लागि ‘युथ अफ हेटौँडा’ फेसबुक अभियानसमेत सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार सोमबारयता रु ५० हजार सङ्कलन भइसकेको छ । कमलालाई सहयोगका लागि इच्छुकले ज्योति विकास बैंकको खाता नं ०३४११३००१४०१५२०००००१ मा रकम बचत गर्न सक्नेछन् ।

Comments

comments

Read More