मिरिक घोषणापत्र सार्वजनिक

काठमाडौँ पुस १४,— ” विश्वभरिका तामाङहरु एक झुट हौ तामाङ पहिचान र सस्कृति समृद्दा पारौ”भन्ने नारा सहित दार्जिलिङको मिरिकमा पुस १ गते भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, मिरिकमा भएको सम्मेलनबाट जारी ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले चौथो अन्तर्राष्ट्रिय सम्मेलनबाट जारी मिरिक घोषणापत्र- २०१८ , परिषद्ले नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटी, बौद्धमा शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

घोषणापत्रअनुसार स‌ंसारभर छरिएर रहेका तामाङहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई एकरुपता दिने, तामाङको सांस्कृतिक धरोहरका रुपमा रहेका ताम्बा, लामा र बोन्बोको मौलिक ज्ञान बचाउने साझा स‌ंकल्प गरिएको छ । त्यस्तै, परिषद्लाई तामाङ समुदायको एकताको आधार मान्दै यसलाई गतिशील बनाउने र बहुपदीयमा लैजाने प्रतिबद्धता समेत गरिएको छ ।

सम्मेलन मंसिर २८, २९ र पुस १ गतेसम्म चलेको थियो । उक्त सम्मेलनले के.एम. तामाङ नेतृत्वमा नयाँ नेतृत्वसमेत चयन गरेको थियो ।

घोषणा पत्रको पूर्णपाठ

Comments

comments

Read More