स्वतन्त्र तामाङ चलचित्र महोत्सवका लागि तामाङ आवाज द्वारा निशुल्क स्क्रिप्ट राईटिङ तालिम

१६ पौष , काठमाडौं । तामाङ आवाजको आयोजनामा यहि वर्ष ‘स्वतन्त्र तामाङ चलचित्र महोत्सव २०७५’ हुन गैरहेको छ । महोत्सवमा सहभागी हुन ईच्छुक हरुलाई मध्यनजर गर्दै तामाङ आवाजले निशुल्क स्क्रिप्ट राईटिङ तालिमको लागी आवेदन फारम खुलाएको छ ।

स्क्रिप्ट राईटिङ तालिम भने SCRC संस्थाले आयोजना गर्नेछ । विशेषत यस संस्थाले जनजातीहरुको समाज र संकृतिको बारेमा गहन अध्ययन गर्दै आईरहेकोे छ । आवेदन मार्फत सहभागी भएकामध्ये २० जनालाई मात्र निशुल्क स्क्रिप्ट राईटिङ तालिममा सहभागी गराईनेछ । तालिम अवधि भने यहि पुष २८ र २९ गरी २ दिनको रहेको छ । स्क्रिप्ट राईटिङ मार्फत उत्कृष्ट स्क्रिप्ट छनौट गरी निर्माण गरीएको चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिनेछ ।

तालिममा सहभागी हुन चाहानेले एक प्रति फोटो, नागरीकताको फोटोकपि पेश गर्नुपर्ने हुन्छ । साथै उल्लेखित इमेलमा मेल गर्न सकिन्छ । विशेषत तामाङ जातीको भाषा,संस्कृतिमा आधारित रही मौलिकता झल्काउने र इतिहासलाई जीवन्त राख्नका निमित्त यस महोत्सव गर्न लागीएको हो ।

Comments

comments

Read More