चलचित्र “समर लभ” माघ २५ गते भ्यालेन्टाइन डे का दिन बाट प्रदर्शनीमा आउने

३ पौष , काठमाडौं । नाईटेङ्ग्ल इन्टर्टेन्मेन्ट ब्यानरमा बनेको चलचित्र “समर लभ” आगामी माघ २५ गते भ्यालेन्टाइन डे का दिन बाट प्रदर्शनिमा आउने भएको छ । आशिष पिया र रेवोती क्षेत्रिको मुख्य भुमिका रहेको चलचित्रमा ओखलढुंगाका एकराज तामाङ लाइन प्रोडुसर रहेका छन । ओखलढुंगाको सिद्धीचरण नगरपालिका १० सल्लेरीमा जन्मिएका तामाङले केहि गितका भिडियोमा समेत अभिनय गर्नु भएको छ । कलाकारितामा आफ्नो सानै देखि सोख भएका कारण यो क्षेत्रमा लागेको तामाङले बताए । एकराज तामाङ भुपु सिङापुर पुलिसको एसएस पि हुन । चलचित्र एकदमै राम्रो बनेको उनको भनाइ छ ।

गित सङ्गीत पुष्पन प्रधानको रहेको चलचित्रमा बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन भने चलचित्रको डाइरेक्टर मुस्कान ढकाल रहेका छन ।

चलचित्रको टोली चलचित्र प्रमोशन गर्नका लागि नेपालका विभिन्न स्थानमा पुगिरहेका छन । चलचित्रमा इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठको लगानी रहेको छ भने एकराज तामाङ्ग लाईन प्रोड्युसर रहेका छन । चलचित्र सुबिन भट्टराईको उपन्यास “समर लभ” मा आधारीत रहेको चलचित्रको टीमले जानकारी गराएको छ । नेपाली चलचित्र समर लभ हेर्ने दर्शक मध्येबाट २ जना दर्शक थाइल्यान्ड भ्रमण जान पाउनेछन ।

Comments

comments

Read More