ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजले २८५५ औं सोनाम ल्होछार मनाउने, सम्पूर्ण तयारी पूरा


५ पौष , काठमाडौं । ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजले २८५५ औ फागरड्वा ल्हो (सुगुर बर्ष) सोनाम ल्होछार मनाउने भएको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि ल्होछारको सम्पूर्ण तयारी भईसकेको जानकारी दिएको छ ।

समाजका अध्यक्ष सरोज मोहन लामा (मोक्तान) का अनुसार २८५५ औं सोनाम ल्होछारको लागि सम्पूर्ण तयारी भईसकेको छ । समाजले काठमाडौंको नब दुर्गा पार्टी प्यालेस, चाबहिलमा ल्होछार मनाउन लागेको समेत जानकारी दिएको छ । हरेक वर्ष झै तामाङ समुदाय तथा गैर तामाङ समुदायले भब्यताका साथ मनाउने गरिएको उक्त चाड माघ २२ गते मनाउने भए पनि समाजले भने १९ गते नै मनाउन लागिएको हो ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका सभासद झलनाथ खनालले उद्घाटन गर्ने सो कार्यक्रममा समाजलाई स्थापनकाल देखि हाल सम्म आर्थिक, भौतिक, नैतिक लगायत सबै प्रकारका सहयोग गर्नुहुने सहयोगीहरुलाई सम्मान पत्र तथा प्रशंसा पत्रद्वारा सम्मान गरिने कार्यक्रम रहेको समाजका सचिव सुरेश कुमार पाख्रीनले जानकारी दिएका छन ।

त्यस्तै कार्यक्रममा ह्याङ्ला नाचगान विभिन्न गीत संगीत, झाँकी तथा विशेष तामाङ सेलोमा प्रस्तुति रहने छन । साथै तामाङ खाना, तामाङ भेषभुसा तथा तामाङ बाध्यबादन प्रदर्शन गरिने भएको छ ।

Comments

comments

Read More