पौराखी ममी ग्रुपद्वारा चेपाङ बस्तीमा राहत वितरण


भरतपुर, माघ ७ , : पर्यटकीय सुन्दर नगरी पोखरामा विगत लामो समयदेखि कृयाशिल आमा समुह अर्थात पौराखी ममी ग्रुपको विशेष पहलमा चितवान जिल्लाको दुर्गम चेपाङ बस्ती रापती नपा वडा नं.११ र १२ ( साविक कोरक गाउँपालिका ) का बासिन्दा २२० घरधुरीलाई २२० बोरा चामाल ,सोयाबीन र लत्ताकपडा राहत विशेष कार्यक्रम सहित स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको उपस्थितिमा वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पूर्व माननीय सभासद माया चेपाङले सँधै परनिर्भर भएर चेपाङ समुदायले उन्नति र समृद्धि प्राप्त गर्न नसक्ने र त्यसको लागी स्वरोजगारको माध्यमबाट आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।त्यसैगरि विशेष अतिथि नेपाल तामाङ घेदुङ तमुवान-मँगरात प्रदेश अध्यक्ष दिपक वाईबा तामाङले चेपाङ समुदायलाई राज्यले विशेष कार्यक्रम र योजना सहित बजेटको व्यवस्था गर्नुपर्ने , शिक्षा , स्वास्थ्य र रोजगारको अवसर सिर्जना गर्नुपर्ने बताउनु भयो । साथै चेपाङ घना बस्ती क्षेत्र (गोरखा ,धादिङ ,चितवान र मकवानपुर) लाई चेपाङ स्वायत्त इलाकाको रुपमा राज्यले अधिकार दिनुपर्ने तामाङले बताउनु भयो ।

राहत वितरण समितिका संयोजक एवं पौराखी ममी ग्रुप पोखराका संयोजक विष्णु तामाङले यसपटक राहत वितरणबाट थप सन्तुष्टि मिलेको र अगामी दिनमा अझ सहयोग गर्ने बताउदै सबै सहयोगदातालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । पोखरामा ल्होछार विशेष कार्यक्रमको आयोजना गरि र सहयोग संकलन गरेर पौराखी ममी ग्रुपले अत्यन्त विपन्न वर्गहरुलाई सहयोग गर्दै आएको छ ।

गत साल रौतहट जिल्लामा शितलहर प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण सम्पन्न गरेको थियो । कार्यक्रम स्थानीय समाजसेवी खेमराज चेपाङको अध्यक्षतामा युवा अगुवा आकाश चेपाङले सन्चालन गर्नुभएको थियो ।

Comments

comments

Read More