गाडी दुर्घटनामा परिन् नायिका नम्रता श्रेष्ठ

इसरोकार संवाददाता माघ, ९ काठमान्डौ चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कदै गर्दा शनिबार राती नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह-निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो ।

बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आजको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् ।

चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको धमाधम छायांकन भैरहेको छ । रिलिजको दिन नजिकिदै जाँदा काम भ्याउनु पर्ने चटारो त यसको निर्माणपक्षलाई छ । भ्यान दुर्घटनामा परेका सह-निर्देशक सुरेशले भने-‘हामी चढेको भ्यान शंकमुलबाट पुरानो बाँनेश्वरतर्फ जाँदै थियो ।

बबरमहलतिरबाट आएको ट्याक्सीले नयाँ बानेश्वर चोकमै ठक्कर दियो । हाम्रो गाडी त घुमेर बबरलमहलतिर फर्केको थियो । दुर्घटना ठूलो भएपनि भाग्यले ठूलो चोट लागेन ।’

सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भैरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।

Comments

comments

Read More