हिमाल कलेज पोखरामा भ्याट बारे प्रशिक्षण

पोखरा, १५ -माघ :हिमाल कलेज अफ म्यानेजमेन्ट पोखरामा १ दिने भ्याट तथा ट्याक्स प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनामा बाहिरी प्रशिक्षकलाई बोलाएर कुनै विषयमा प्रशिक्षण दिने कार्यक्रमलाई निरन्तरता दिदै कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान पनि दिने उद्देश्यले हरेक महिना फरक किसिमका कार्यक्रम गर्दै आएको क्याम्पस प्रशासनले जनाएको छ । यसअघि ३ वटा कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रमुख हरि कार्कीले बताए । कार्यक्रममा प्रशिक्षक सुमन पोख्रेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख हरि कार्कीले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुका सकारात्मक प्रतिक्रिया आएको बताए । प्रशिक्षक पोख्रेललाई मायाको चिनो हस्तान्तरण गर्दै कलेजका एमडी सुदन मुल्मीले आगामी दिनमा पनि यस्तै व्यवहारिक तथा व्यवसायिक ज्ञान दिनु पर्ने धारण राखे ।

Comments

comments

Read More