वैज्ञानिक धरातलमा रहेर मनाउने पर्व सोनाम ल्होछार : मोहन गोले तामाङ्ग

गाइघाट , १७ माघ ‘सोनाम ल्होछार को प्रवर्द्वन , हाम्रो सास्कृतिक सरोकार ,तामसालिङ्ग प्रदेशको निर्माण; राजनीतिक आधार’ भन्ने मुल नाराका साथ २८५५ औ ड्वा ल्हो सोनाम ल्होछारको पुर्व सन्ध्यामा नेपाल तामाङ्ग घेदुङ्ग र तामाङ पत्रकार संघ ,उदयपुरले सयुक्त रुपमा उदयपुरको गाइघाटमा आयोजना गरेको “तेस्रो तामाङ्ग सोनाम ल्होछार महोत्सव “को उद्घाटन आज संम्पन्न भएको छ ..।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ्ग केन्द्रिय घेदुङ्गका अध्यक्ष मोहन गोले तामाङ्ग मन्तव्य राख्दै सोनाम ल्होछार चन्द्र पात्रोमा आधारित सबैभन्दा पुरानो र विज्ञानसग आधारित पर्व रहेको दाबि गर्नु भयो। विगतमा दिदै आएको बिदा वर्तमान सरकारले काटेको कुरालाइ इंगित गर्दै ” आदिवासी जनजाति आफ्नो पहिचानको विषयमा सचेत भएकोले सामान्य नठान्न “तामाङ्ग चेतावानी दिनुभयो ।
मन्तव्यकै क्रममा विशेष अतिथि प्रदेश संसद अम्बिका चौधरीले अबको दिनमा राज्यले सबै सस्कृतिको जगेर्ना गर्दै लैजानु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा त्रीयुगा नगरपालिकाको प्रमुख बलदेव चौधरिले आफ्नो नगरपालिका भित्र रहेका सबै भाषा धर्म सस्कृतिको प्रवर्द्वन गर्न आफु सदैव लाग्ने प्रतिबद्दता जनाउनु भयो ।
उद्घाटन कार्यक्रमा नेपालका पहिलो नेपाल आइडल बुद्ध लामाले सांगीतिक प्रस्तुति राखेका थिए भने अन्य धेरै कलाकारहरुको बेजेड प्रस्तुति रहेको थियो ।

विश्व तामाङ्गको संयोजक रहेको कार्यक्रमको संचालन तामाङ पत्रकार संघ उदयपुरको अध्यक्ष नरेशमोहन तामाङले गरेको थियो ।

Comments

comments

Read More